नियम संसोधन सहित २०६८

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको नियम २०६५

प्रारम्भ २०६५।०६।१५
पहिलो संसोधन २०६८।०३।२४

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको विधान २०६५को दफा २७ को अधिनमा रही २०६५ असोज १५ गतेको इन्स्टिच्युसनको साधारण सभाको भेलाले यो नियम बनाएको छ ।

१. नाम, बिस्तार र प्रारम्भः–
(क) यो नियमको नाम ‘‘ नेपाल इन्स्ठिच्युसन अफ चार्टर्ड सर्भेयर्सको नियम २०६५’’ रहेकोछ ।
(ख) यो नियम इन्स्टिच्युसनको कार्य क्षेत्र भित्र लागु हुनेछ ।
(ग) यो नियम आजैका मितिदेखि लागु हुनेछ र काठमाडौं जिल्ला प्रसाशन कार्यालयलाई जानकारी गराइने छ ।

२ परिभाषः– विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियममा
(क) “कर्मचारी” भन्नाले नेपाल इन्स्टिच्यूसन अफ चार्टर्ड सर्भेर्सको कार्यालयबाट पारिश्रमिक पाउने गरी स्थायी वा अस्थायी वा करारमा काम गरिरहेकाहरुलाई जनाउंछ । यस शब्दले दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई जनाउंदैन ।
(ख) “बिद्यार्थी” भन्नाले सर्भे सम्बन्धि बिषयलिई बिध्यालयमा अध्ययन गरिरहेका सबैप्रकारका बिद्यार्थीलाई जनाउंछ ।
(ग) ‘‘इजाजत पत्र’’ भन्नाले नेपाल सरकारको नापी विभाग बाट नापनक्सा सम्बन्धि काम गर्ने अनुमति पत्रलाई जनाउंछ ।
(घ) ‘‘’ऐन” भन्नाले प्रचलित नेपाल कानूनलाई जनाउंछ ।
(ङ) ‘‘विद्यालय’’ भन्नाले सर्भे सम्बन्धी बिषय पठन पाठन गराउने विद्यालयलाई जनाउंछ ।
(च) “तोकिएको परिशुद्धता” भन्नाले नापी नक्साको काम गर्ने प्रयोजनको लागि नापी बिभागले निर्देशिकाद्वारा वा परिपत्रको रुपमा वा यस्तै अन्य लिखतद्वारा कामको शुद्धता सम्बन्धमा निर्दिष्ट गरिएका प्राबिधिक कुरालाई जनाउंछ ।
(छ) ‘‘इन्स्टिच्युसन’’ भन्नाले नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स लाई जनाउंछ ।
३(ज) ‘‘नाप नक्साको प्रकृती’’ भन्नाले नियन्त्रण बिन्दु वा स्मारक चिन्ह स्थापना गर्ने र सर्भेक्षण गर्ने, कित्ता नापी र सो संग सम्वन्धित अभिलेख तयार गर्ने, सबै प्रकारको नक्सा तयारगर्न फिल्ड सर्भे गर्ने र तथ्याङ्क संकलन गर्ने, बिभिन्न प्रकार तथा बिभिन्न मानमा नक्सा तयार गर्ने र तिनको अध्यावधिक एवम् सत्यापन गर्ने, बिभिन्न प्रकारले भू–सूचना प्रसोधन गर्ने तथा उत्पादन गर्ने, बिभिन्न बिकास आयोजनाको कार्यान्वयनको सिलसिलामा तयार गरिनु पर्ने नाप नक्साको कार्यविधिको निमित्त (त्इच्० तयार गरिदिने, नाप नक्साको काममा प्रयोग हुने यन्त्र उपकरणहरूको अवस्था जांच गर्ने र त्यसको स्तर निर्धारण गर्न प्रतिवेदन गर्ने जस्ता कार्य सम्झनु पर्दछ ।
३(झ) ‘‘नापी पेशाकर्मी’’ भन्नाले उपनियम (ज)मा उल्लेख भए जस्ता प्रकृतिका कामको स्तर (१) प्रारम्भिक कामहरू गर्ने (२) ती प्रारम्भिक कामहरूको पुनरावलोकन गर्ने र (३) आवश्यक जांच गरी सम्पादित कामको जिम्मेवारि बहन गरी सो कामलाई वैधानिकता प्रदान गर्न प्रमाणित गर्ने जस्ता तीन तहमा सम्पादन हुने कामहरूलाई जनाउंछ ।
३(ञ) ‘‘सिफारिसपत्र’’ भन्नाले उपनियम (झ)मा उल्लेख भएका तह अनुसार काम गर्न सिफारिस गरिएको पत्रलाई जनाउंछ ।

३. काममा सघाउ सम्बन्धमाः– विधानको दफा ४ (घ), ४(ङ), ४ (च), ४ (छ) र ४ (ज)को प्रयोजनको लागि इन्स्टिच्युसनले कामको उद्देश्य र आवश्यकता अनुरुप नापी नक्सा जांच गर्न वा नक्सा अध्यावधिक गर्न वा नापी नक्सा प्रमाणित गर्न वा टर्म अफ रिफरेन्स ९त्इच्० बनाउन वा अन्य यस्ते परामर्श सेवा प्रदान गर्न इजाजत पत्र प्राप्त नापीकर्ताको कार्यंदल बनाई सघाउन सक्नेछ ।
३३(१) विधानको दफा ५(च) को प्रयोजनको लागि कार्यसमितिले समिति गठन गरी सम्वन्धित तालिममा सहभागी हुनेको योग्यता र सो तालिमको पाठयक्रम (ऋयगचकभ या कतगमष्भक) तयार गराई बिषय र अवधि समेत खुलेको प्रमाण पत्र दिइने छ । प्रमाण पत्रको ढांचा कार्यसमितिले तयार गर्ने छ ।
३३(२) बिधानको दफा ५(न) को प्रयोजनको लागि देहाएको प्रकृतिको कामको लागि देहाएको योग्यता निर्धारण गरिएको छ ।
(क) कित्तानापी र सो सम्वन्धी अभिलेख तयार गर्ने तथा अध्यावधिक गर्ने कामको लागि न्युनतम योग्यता आधारभुत वा अमिन तालिम प्राप्त गरेको प्रमाण पत्र प्राप्त ।
(ख) सबै प्रकारको नापी नक्सा तथा तथ्याङ्क संकलन गर्ने फिल्ड कार्यको लागि न्युनतम योग्यता जुनियर नापी तालिम प्राप्त गरेको प्रमाण पत्र प्राप्त ।
(ग) सबै प्रकारको नक्सा बनाउने र सोको सत्यापन वा अध्यावधिक गर्ने कार्यको लागि न्युनतम योग्यता जुनियर नापी तालिम प्राप्त गरी नापी सम्बन्धी आधारभुत कम्पुटर तालिम गरेको प्रमाण पत्र प्राप्त ।
(घ) नियन्त्रण बिन्दु स्थापना, सोको सर्भेक्षण वा यिनको डाटा कम्पुटेशन गर्ने वा बिभिन्न प्रकारका भू–सूचनाहरू प्रसोधन गर्ने, उत्पादन गर्ने कार्यको लागि न्युनतम योग्यता जुनियर नापी तालिम प्राप्त गरी नापी सम्बन्धी आधारभुत कम्पुटर तालिम गरेको प्रमाण पत्र प्राप्त ।
(ङ) नापीका यन्त्र उपकरणहरू अवस्था जांच गर्ने र त्यसको स्तर निर्धारण गर्न प्रतिवेदन गर्ने काम गर्न नापी अधिकृतको सेवा प्रवेसको निमित्त तोकिएको योग्यता पुगेको हुनु पर्ने छ ।
(च) जग्गाको मुल्याङ्कन गरी सोको प्रतिवेदन तयार गनै कार्यको लागि न्युनतम योग्यता सिनियर नापी तालिम प्रप्त वा नापीमा डिप्लोमा उत्तिर्ण गरी जग्गाको मुल्याङ्कन सम्वन्धी तालिम लिई प्रमाण पत्र प्राप्त भएको हुनु पर्ने छ ।
(छ) नाप नक्साको सम्पादित सबै प्रकारको कामको बैधानिकता प्रदान गर्न प्रमाणित गर्र्ने र सो कामको जिम्मेवारी बहन गर्न बिधानको दफा ७(घ) बमोजिमको योग्यता पुगेको हुनु पर्ने छ ।
३३(३) नाप नक्साको बिभिन्न प्रकारको काम योग्यता र अनुभवको आधारमा तहगत रूपमा संचालन गर्ने सिफारिस पत्र उपलब्ध गराउने कार्य गर्न कार्य समितिले परिक्षण समिति गठन गर्ने छ ।
३३(४) सिफारिस पत्र दिंदा परिक्षण समितिले आवश्यक दस्तुर तथा कार्यबिधिको ब्यबस्था स्वयम निर्धारण गर्ने छ । सिफारिस पत्रको ढांचा कार्यसमितिले तयार गर्ने छ ।

४.सदस्यता सम्वन्धमाः–

(१) साधारण सदस्यताः– विधानको दफा ६ (क) को प्रयोजनको लागि दफा ७ बमोजिम योग्यता पुगेका नेपाली नागरिकले देहायको रित पु¥याई साधारण सदस्यको लागि आवेदन गरेमा सदस्यता प्रदान गरिने छ ।
(क) साधारण सदस्यता लिन चाहने व्यक्तिले अनुसूची (क) बमोजिमको ढांचामा आवेदन फाराम भर्नु पर्ने छ ।
(ख) आवेदन फाराम साथ अद्यावधिक गरिएको इजाजत पत्रको फोटोकपी ।
(ग) शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी ।
(घ) नापी सम्बन्धी कुनै तालिम लिएको भए सो को प्रमाणपत्रको फोटोकपी ।
(ङ) प्रवेश शुल्क वापतको रकम बुझाएको रसिदको फोटोकपी ।
(च) कार्य समितिले सदस्यता दिन मुनासिब ठानी निर्णय गरेमा सदस्यता शुल्क तत्कालै चुक्ता गरी साधारण सदस्य हुनेछन् ।
(छ) सदस्यता प्राप्त गर्नासाथ सदस्यको लगत राखी आवश्यक शुल्क लिई साधारण सदस्यताको परिचय पत्र दिइनेछ ।

(२). सह–सदस्यता ः– विधानको दफा ६ (ग) को प्रयोजनको निमित्त योग्यता पुगेका व्यक्तिले देहायको रित पु¥याई आवेदन गरेमा सह–सदस्यता प्रदान गरिने छ ।
(क) सदस्यता लिन चाहने व्यक्तिले अनुसूची (ख) बमोजिमको ढांचामा आवेदन फाराम भर्नु पर्ने छ ।
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी ।
(ग) नापी सम्बन्धी कुनै तालिम लिएको भए सो को प्रमाणपत्रको फोटोकपी ।
(घ) प्रवेश शुल्क वापतको रकम बुझाएको रसिदको फोटोकपी ।
(ङ) सिफारिस गर्ने सदस्यको नाम तथा हस्ताक्षर ।
(च) कार्य समितिले सदस्यता दिन मुनासिब ठानी निर्णय गरेमा सदस्यता शुल्क तत्कालै चुक्त गरी सह–सदस्य हुनेछन् ।
(छ) सदस्यता प्राप्त गर्नासाथ सदस्यको लगत राखी आवश्यक शुल्क लिई सह–सदस्यताको परिचय पत्र दिइनेछ।

(३). आजीवन सदस्यताः– विधानको दफा ६ (घ) को प्रयोजनको लागी साधारण सदस्य वा संस्थापक सदस्यहरु मात्र आजीवन सदस्य बन्न सक्नेछन् । आजीवन सदस्य बन्न देहायको रित पु¥याई अनुसूची १ (ग) को ढांचामा आवेदन गर्नुपर्नेछ ।
(क) आवेदन फाराम साथ आजीवन सदस्यता वापतको शुल्क दाखिला गरेको निस्सा तथा यस अघि तिर्न बांकी रहेका रकम चुक्त गरेको निस्सा वा कोषाध्यक्ष वा लेखा अधिकृतको सिफारिसको हस्ताक्षर ।
(ख) संस्थापक सदस्यले आजीवन सदस्यता वापतको शुल्क र तिर्न बांकी रहेको रकम चुक्ता गरेमा जुनसुकै बेला स्वतः आजीवन सदस्यता प्राप्त हुने छ ।
(ग) साधारण सदस्यहरुलाई आजीवन सदस्यता दिने कार्य कार्यसमितिले निर्णय गर्नेछ ।
(घ) आजीवन सदस्यता प्राप्त गरेका साधारण सदस्य वा संस्थापक सदस्यहरुले यस अघि लिएको परिचय पत्र फिर्ता गरी आवश्यक शुल्क तिरी आजीवन सदस्यताको परिचय पत्र लिनु पर्नेछ र सोही अनुसारको लगत राखिने छ ।

(४). मानार्थ सदस्यताः– विधानको दफा ६ (ङ) तथा १० (घ) को प्रयोजनको निमित्त कार्यसमितिले मानार्थ सदस्यता प्रदान गर्न सिफारिस गरेमा साधारण सभाबाट मानार्थ सदस्यता प्रदान गरिनेछ । मानार्थ सदस्यता प्रदान गरिएकालाई मानार्थ सदस्यताको परिचय पत्र उपलब्ध गराई यसको अभिलेख राखिने छ ।

(५). पदेन सदस्यताः– विधानको दफा ६ (च) को प्रयोजनको लागी कार्य समितिले बेलाबेलामा निर्णय गरी पदेन सदस्यता प्रदान गर्न वा संशोधन गर्न सक्नेछ र यसको अभिलेख अध्यावधिक राखिने छ ।

(६). विद्यार्थी सदस्यताः– विधानको दफा ६ (छ) को प्रयोजनको लागी योग्यता पुगेका विद्यार्थीले देहायको रित पु¥याई आवेदन गरेमा विद्यार्थी सदस्यता प्रदान गरिने छ ।
(क) विद्यार्थी सदस्यता लिन चाहने व्यक्तिले अनुसूची (घ) बमोजिमको ढांचामा आवेदन फाराम भर्नु पर्ने छ ।
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी ।
(ग) नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी ।
(घ) नाप नक्सा सम्बन्धी अध्ययन गरिरहेको कोर्षको नाम, कोर्ष अवधी, अध्ययन शुरु मिति र अध्ययन समाप्त हुने मिति समेत खोली हालसम्म अध्ययनरत विद्यालयको सिफारिस पत्र ।
(ङ) प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी ।
(च) कार्य समितिले सदस्यता दिन मुनासिब ठानी निर्णय गरेमा सदस्यता शुल्क तत्कालै चुक्त गरी विद्यार्थी –सदस्य हुनेछन् ।
(छ) सदस्यता प्राप्त गर्ना साथ सदस्यको लगत राखी आवश्यक शुल्क लिई सदस्यता परिचय पत्र दिइनेछ ।

(७). संस्थागत सदस्यताः– विधानको दफा ६ (ज) को प्रयोजनको निमित्त देहायको विवरण साथ नाप नक्सा सम्बन्धित काम गर्ने संघ संस्थाले सदस्यताको लागि अनुसूची (ङ) बमोजिमको आवेदन फाराम भरी अनुरोध गरेमा कार्य समितिले सदस्यता प्रदान गर्न सक्ने छ ।
(क) संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी ।
(ख) स्थायी लेखा ९एब्ल्० प्रमाणपत्रको फोटोकपी ।
(ग) निवेदन माग गर्दा सम्मको आ.व. को कर चुक्ता प्रमाण पत्रको फोटोकपी ।
(घ) संस्थाको तर्फबाट हस्ताक्षर गर्ने व्यक्तिलाई भएको अख्तियारी पत्र ।
(ङ) प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी ।
(च) कार्य समितिले सदस्यता दिन मुनासिब ठानी निर्णय गरेमा सदस्यता शुल्क तत्कालै चुक्ता गरी संस्थागत सदस्य हुनेछन् ।
(छ) सदस्यता प्राप्त गर्ना साथ सदस्यको लगत राखी आवश्यक शुल्क लिई सदस्यता प्रमाण पत्र दिइनेछ ।

५. विलम्ब शुल्क सम्बन्धमाः– विधानको दफा १० (क) ३, १० (ङ), १० (च) १० (छ) प्रयोजनको लागी
(१). आर्थिक वर्ष शुरु भएको कार्तिक मसान्त सम्म सदस्यता शुल्क नबुझाएमा सदस्यता शुल्कको ५ प्रतिशत विलम्ब शुल्क बुझाई चैत्र मसान्त सम्म नविकरण गर्न सकिने छ ।
(२). चैत्र मसान्त सम्म पनि सदस्यता नविकरण नगराएमा तत्पश्चात सदस्यता शुल्कको १० प्रतिशत विलम्ब शुल्क बुझाई नविकरण गर्न सकिने छ ।
(३). विलम्ब शुल्क समेत बुझाई सदस्यता नविकरण गर्ने सदस्यहरुले सो अवधि सम्मको प्रत्येक वर्षको बांकि भएको सदस्यता शुल्क चुक्ता गर्नु पर्ने छ ।

६. कर्मचारीको व्यवस्था सम्बन्धमाः– विधानको दफा ५ (ग) को उद्देश्य प्राप्ति गर्न दफा २८ (क) को प्रयोजनको लागी
(१) प्रचलित नेपाल कानुन, ऐन समेतको परिधिमा रही कार्य समितिले आवश्यकता अनुसार कर्मचारीहरुको दरबन्दी सिर्जना गर्न साधा्ण सभामा प्रस्तुत गर्नेछ ।
(२) साधारण सभाबाट दरबन्दी स्वीकृत भएका पदमा कार्य समितिले आवश्यक प्रक्रिया पुरा गरी कर्मचारी नियुक्त गरी काम लगाउन सक्नेछ ।
(३) कर्मचारी दरबन्दी श्रृजनाको प्रस्तावमा कर्मचारीको पारिश्रमिक, भत्ता, अन्य सुविधा तथा सेवाका शर्तहरु पनि उल्लेख गरिएको हुने छ ।
(४) कर्मचारी नियुक्ती नगरी नहुने स्थिति परेमा कार्य समितीले बढीमा ९ महिनाको निमित्त आवश्यकता अनुसारको कर्मचारी साधारण सभाबाट अनुमोदन गराउने गरी भर्ना गरी काम लगाउन सक्ने छ तर साधारण सभाले अनुमोदन नगरेमा त्यस्ता कर्मचारीहरुलाई कार्य समितिले तत्काल अवकाश दिनुपर्ने छ ।

७. अचल सम्पत्ती खरिदविक्री सम्बन्धमाः– विधानको दफा ५ (घ) को उद्देश्यको निमित्त

(१) संस्थाको नाममा अचल सम्पत्ती खरिद विक्री गर्ने निर्णय साधारण सभाबाट गरिने छ ।
(२) कार्यसमितिले यस सम्बन्धी सम्पूर्ण कुराहरु छानबिन गरी प्रस्ट रायसाथ साधारण सभामा प्रस्ताव प्रस्तुत गर्नु पर्नेछ ।

३ पहिलो सम्सोधनद्वारा थप गरिएको ।

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(नियम ४ को उपनियम १(क) संग सम्वन्धित)
अनुसूची–क

 

श्री महासचिव ज्यू, मितिःः–
नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स ,
काठमाडौं ।

विषयः– साधारण सदस्यता पाउं भन्ने सम्बन्धमा ।

महाशय,
म यस इन्स्टिच्युसनको साधारण सदस्यता लिन विधान बमोजिम योग्य भएको महशुस गरी निम्न कागजातहरु समावेश गरी आवेदन गरेको छु । मलाई माग भएको सदस्यता उपलब्ध गराईएमा यस इन्स्टिच्यूसनको विधानको पूर्ण परिपालन गर्न प्रतिवद्धता समेत जनाई हार्दिक अनुरोध गरेकोछु ।

प्रार्थीः–
सम्लग्न कागजातहरुः–
१. नाप नक्सा गर्ने अनुमती पत्रको फोटोकपी नाम थरः–
२. शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी स्थायी ठेगानाः–
३. नापी सम्बन्धी कुनै तालिम लिएको भए सो को प्रमाणपत्रको फोटोकपी सम्पर्क नं.ः–
४. प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी हस्ताक्षरः–

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(नियम ४ को उपनियम २(क) संग सम्वन्धित)
अनुसूची–ख

 

श्री् महासचिव ज्यू, मितिःः–
नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
काठमाडौं ।

विषयः– सह–सदस्यता पाउं भन्ने सम्बन्धमा ।

महाशय,
म यस इन्स्टिच्युसनको सह– सदस्यता लिन विधान बमोजिम योग्य भएको महशुस गरी निम्न कागजातहरु समावेश गरी आवेदन गरेको छु । मलाई माग भएको सदस्यता उपलब्ध गराईएमा यस इन्स्टिच्यूसनको विधानको पूर्ण परिपालन गर्न प्रतिवद्धता समेत जनाई हार्दिक अनुरोध गरेकोछु ।

प्रार्थीः–
(क) सम्ंलग्न कागजातहरुः–
१. नाप नक्सा सम्बन्धी अध्ययन को प्रमाणपत्रको फोटोकपी नाम थरः–
२. शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी स्थायी ठेगानाः–
३. नापी सम्बन्धी कुनै तालिम लिएको भए सो को प्रमाणपत्रको फोटोकपी सम्पर्क नं.ः–
४. प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी हस्ताक्षरः–

 

(ख) सिफारिस गर्ने इन्स्टिच्युसनको साधारण सदस्य÷आजीवन सदस्यकोेः–
१. नाम थरः–
२. नाप नक्सा अनुमती पत्र नं. र सालः–
३. परिचय पत्र नं. ः–
४. आवेदक ………………………………………………लाई म राम्ररी चिन्दछु । चिजको आचरण मैले जाने बुझेसम्म राम्रो छ । निज सह–सदस्यताको लागि योग्य हुनुहुन्छ र निजलाई सदस्यता प्रदान गरिएमा इन्स्टिच्युसनको अहित नहुने कुरा सिफारिस गर्दछु ।
५. हस्ताक्षर र मितिः–

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(नियम ४ को उपनियम ३ संग सम्वन्धित)
अनुसूची–ग

श्री महासचिव ज्यू, मितिःः–
नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
काठमाडौं ।

विषयः– आजीवन सदस्यता पाउं भन्ने सम्बन्धमा ।

महाशय,
म यस इन्स्टिच्युसनको आजीवन सदस्यता लिन विधान बमोजिम योग्य भएको महशुस गरी निम्न कागजातहरु समावेश गरी आवेदन गरेको छु । मलाई माग भएको सदस्यता उपलब्ध गराईएमा यस इन्स्टिच्यूसनको विधानको पूर्ण परिपालन गर्न प्रतिवद्धता समेत जनाई हार्दिक अनुरोध गर्दछु । साधारण सदस्यताको ………….. नं. को परिचय पत्र यसै साथ समावेश राखी फिर्ता गरिएको छ ।

प्रार्थीः–
(क) संम्लग्न कागजातहरुः–
१. आजीवन सदस्यता शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी नाम थरः– स्थायी ठेगानाः– सम्पर्क नं.ः– हस्ताक्षरः–
(ख) सिफारिस गर्ने पदाधिकारीः–
१. नाम थरः–
२. पदः– कोषाध्यक्ष÷लेखा अधिकृत
३.आवेदक ………………………………………………ले हालसम्म साधारण सदस्यको हैसियतले तिर्नुपर्ने सम्पूर्ण रकम चुक्ता गरी सक्नु भएको व्यहोरा प्रमाणित गर्दछु ।
४. हस्ताक्षर र मितिः–

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(नियम ४ को उपनियम ६(क) संग सम्वन्धित)
अनुसूची–घ

 

श्री् महासचिव ज्यू, मितिःः–
नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
काठमाडौं ।

विषयः– विद्यार्थी सदस्यता पाउं भन्ने सम्बन्धमा ।

महाशय,
म यस ईन्स्टिच्युसनको विद्यार्थी सदस्यता लिन विधान बमोजिम योग्य भएको महशुस गरी निम्न कागजातहरु समावेश गरी आवेदन गरेको छु । मलाई माग भएको सदस्यता उपलब्ध गराईएमा यस इन्स्टिच्यूसनको विधानको पूर्ण परिपालन गर्न प्रतिवद्धता समेत जनाई हार्दिक अनुरोध गर्दछु ।

प्रार्थीः–
संम्लग्न कागजातहरुः–

१. नाप नक्सा सम्बन्धी अध्ययन गरिरहेको विद्यालयबाट दिएको सिफारिस पत्र नाम थरः–
२. शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी स्थायी ठेगानाः–
३. नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी सम्पर्क नं.ः–
४. प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी हस्ताक्षरः–

नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(नियम ४ को उपनियम ७ संग सम्वन्धित)
अनुसूची–ङ

 

श्री महासचिव ज्यू, मितिःः–
नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
काठमाडौं ।

विषयः– संस्थागत सदस्यता पाउं भन्ने सम्बन्धमा ।

महाशय,
हाम्रो यस ……………………………………………………….. नाप नक्सा सम्बन्धी काम गर्न …………………………… बाट ……………..सालमा ……………..नं. मा दर्ता भई हाल सम्म संंचालन भइरहेकोले यस इन्स्टिच्युसनको विधानको पूर्ण पालना गर्ने गरी काम गर्न ईच्छुक भएकोले यस संस्थालाई संस्थागत सदस्यता प्रदान हुन निम्न विवरण तथा कागजातहरु यसै साथ समावेश गरी हार्दिक अनुरोध गरिएको छ ।

 

संस्थाको पुरा नामः–
संस्थाको हालको ठेगानाः–
सम्पर्क नं.ः–
संस्थाको तर्फबाट प्रतिनिधित्व गर्नेको ः–
१. संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी नाम थरः–
२. स्थायी लेखा ९एब्ल्० को प्रमाणपत्रको फोटोकपी पदः–
३. कर चुक्ता प्रमाण पत्रको फोटोकपी हस्ताक्षरः–
४. संस्थाको तर्फबाट प्रतिनिधित्व गर्नेलार्य दिईएको अख्तियारी पत्र संस्थाको छापः–
५. प्रवेश शुल्क वापत रकम बुझाएको रसिदको फोटोकपी