बिधान संसोधन सहित २०६७

जिल्ला प्रशासन कार्यालय, काठमाडौं दर्ता नं. ११२६÷२०६५
समाज कल्याण परिषद्मा आवद्धता नं.२५०२१

नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स
(Nepal Institution of Chartered Surveyors) विधान २०६५
काठमाडौं, नेपाल
नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्से –२०६५को विधान
प्रारम्भ २०६५।१।२७
पहिलो सम्सोधन २०६७।७।५
“प्रस्तावना”
नेपालका हिमाल, पहाड, समथर क्षेत्र र वनजंगल, नदीनाला जस्ता भौगोलिक विविधता सहितका प्राकृतिक श्रोतहरुको तथा ठुला साना बसोबासका क्षेत्र, आवादी र पर्ति जमिनको समूचित व्यवस्थापनाका लागि भू–सूचना अत्यावश्यक पर्दछ । यस सन्दर्भमा यस्ता क्षेत्रको वैज्ञानिक नाप, नक्सा गर्न आवश्यक देखिएकोले राष्ट्रको क्षेत्रफल र श्रोत सम्पदाको संरक्षण सम्बद्र्धन गर्दै विभिन्न व्यक्ति वा निकायको अचल सम्पत्तिको रुपमा रहेको जग्गा, जमिनको वैज्ञानिक अभिलेख राख्ने, नाप नक्सा गर्ने गराउने, सम्पत्ति मूल्याङ्कन गर्ने गराउने, प्रामाणीक नाप नक्सा, गरी आधिकारिक अभिलेख राख्ने कार्य बढी विश्वसनीय र भरपर्दो बनाउन नेपाल सरकारबाट जग्गा नापजाँच ऐन, २०१९ (संशोधन सहित) को दफा ११ ङ तथा जग्गा नापजाँच नियमावलीको नियम २६ बमोजिम अनुमति पत्र प्राप्त नापीकर्ता (चार्टर्ड सर्भेयर) को व्यवस्था भएको छ । यसै अनुसार चार्टर्ड सर्भेयरहरुको कार्यलाई बढी सशक्त बनाउन, एकरुपता कायम गर्न र पेशागत हक हितको संरक्षण र सम्बद्र्धनका लागि एक संस्था स्थापना गर्न आवश्यक भएकोले सबै सक्रिय चार्टर्ड सर्भेयरहरुको भेलाबाट यो विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।

परिच्छेद १ – प्रारम्भिक

१. संस्थाको नामः
यस संस्थाको नाम “नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स ९ल्भउब िक्ष्लकतष्तगतष्यल या ऋजबचतभचभम क्गचखभथयचक०” रहने छ । यसको प्रारम्भ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत प्रमाणपत्र प्राप्त भएपछि हुने छ । यसलाई छोटकरीमा नेपालीमा “नेइचास” र अंग्रेजीमा ूल्क्ष्ऋक्ू भनिने छ ।
(क) संस्थाको कार्यालय रहने ठेगानास्
यस संस्थाको केन्द्रिय कार्यालय काठमाडौं जिल्ला, काठमाडौं उपत्यका क्षेत्रभित्र रहनेछ ।
(ख) संस्थाको कार्यक्षेत्रस्
यस नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स संस्थाको कार्यक्षेत्र नेपाल राज्यभर रहने छ । आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानीय अधिकारीको स्वीकृति लिई नेपालभित्र यस संस्थाका क्षेत्रिय एवं स्थानीय शाखाहरु विस्तार गर्न सकिनेछ ।
(ग) प्रारम्भस्
यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
(घ) संस्थाको अस्तित्वस्
यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर– सरकारी पेशागत संस्था हुनेछ ।

२. परिभाषाः
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा –
(क) “बिधान” भन्नाले नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको विधानलाई सम्झनु पर्दछ ।
(ख) “संस्था” भन्नाले विधान बमोजिम दर्ता भएको र विधानमा उल्लेख गरिएका उद्देश्य प्राप्तिका लागि गठन गरिएको संस्थालाई जनाउँदछ ।
(ग) “समिति” भन्नाले यस बिधानको दफा १३ बमोजिम गठित कार्य समितिलाई जनाउदछ ।
(घ) “सभा” भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
(ङ) “चार्टर्ड सर्भेयर” भन्नाले प्रचलित कानुन बमोजिम नाप नक्सा गर्न अनुमति पत्र प्राप्त नापीकर्ता (लाइसेन्सिएट सर्भेयर) भन्ने बुझिनेछ ।
(च) “नियम विनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम बिनियमलाई जनाउँदछ ।
(छ) “सदस्य” भन्नाले नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको सदस्यलाई बुझाउनेछ ।
(ज) “मानार्थ सदस्य“ भन्नाले चुन्ने, चुनिने, वा मतदान गर्ने वाहेकका अधिकार युक्त सम्मानार्थ सदस्य सम्झनु पर्दछ ।
(झ) “शाखा” भन्नाले नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको आवश्यकता अनुसार खोलिएका र खोलिने शाखाहरूलाई बुझाउनेछ ।
(ञ) “पदाधिकारी” भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र कार्य समिति सदस्यलाई बुझाउँदछ ।
(ट) “कार्यालय” भन्नाले नेपाल इन्ष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सको मुख्य कार्यालय तथा शाखा एवं उपशाखा
कार्यालयहरूलाई जनाउँछ ।
(ठ) “तोकिए बमोजिम” भन्नाले यस विधान अन्तर्गत बनेको नियम, विनियममा तोकिए बमोजिम भन्ने बुझ्नु पर्दछ ।
(ड) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउने छ ।
(ढ) “स्थानीय निकाय” भन्नाले गाउँ विकास समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र जिल्ला विकास समिति समेतलाई र देशको प्रचलित ऐन नियम अनुसार स्थानीय तहमा सोही प्रयोजनका लागि गठन हुने निकायलाई जनाउँदछ ।

३. संस्थाको छाप र चिन्हः
प्रचलित व्यबस्थाको प्रतिकुल नहुनेगरि संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह अनुसुचि १ बमोजिमको ढाँचामा हुनेछ ।

परिच्छेद २ – उद्देश्यहरु

४. संस्थाको उद्देश्यहरुः
संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
क) पेशागत हक हितको लागि पेशागत आचरण अनुरुप काम गर्ने ।
ख) विभिन्न खाले नाप नक्साको कार्य तोकिएको परिशुद्धतालाई ध्यानमा राखि गर्न सघाउ पुर्याउने ।
ग) राष्ट्र र राष्ट्रवासीको सेवामा सधै तत्पर रहने ।
घ) विभिन्न संघ संस्थाबाट तयार गरिएका नाप नक्साहरुलाई आवश्यकताअनुसार प्रमाणित गर्न, अद्यावधिक गर्न सघाउ पुर्याउने ।
ङ) नापी विभाग, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था तथा निकायको सहकार्यमा नाप नक्सा सम्बन्धी कार्य गर्न सघाउ पुर्याउने ।
च) नाप नक्साको कार्यमा सरकारी र गैर सरकारी एवं निजी संघसंस्थाहरुलाई सहयोग पु¥याई छिटो, छरितो र शुद्ध कार्य गर्न गराउन सहयोग पु¥याउने ।
छ) घरजग्गा तथा सम्पत्तिको मूल्याङ्कन गर्न सघाउ पु¥याउने ।
ज) विभिन्न आवास क्षेत्र तथा नव निर्माण गरिने योजनाहरु तर्जुमा गर्ने, मूल्याङ्कन गर्ने, विभिन्न थेमेटिक नक्सा, इन्जिनियरीङ्ग नक्सा, टोपोग्राफीक नक्सा (आधार नक्सा बाहेक), कित्ता नक्सा तथा आवश्यकता अनुसार संस्थाको उद्देश्य पुरा गर्न विभिन्न नाप नक्सा सम्बन्धी कार्यहरु गर्न सघाउ पुर्याउने ।
झ) स्वरोजगारीको अवस्थामा बृद्धि गराउने र रोजगारीका अवसरहरु श्रृजना गर्न मद्दत पु¥याउने ।
ञ) आवश्यकता अनुसार संस्थाका सदस्यहरुको हित अनुकुल हुने कार्यहरु गर्ने गराउने ।
ट) विभिन्न सभा, सम्मेलन, सेमिनार, गोष्ठी गरी अनुसन्धान एवं प्रकाशन गर्ने गराउने ।
ठ) समान उद्देश्य भएका राष्ट्रिय र अन्र्तराष्ट्रिय संघसंस्थाहरुसँग मिलेर कार्य विस्तार गर्ने गराउने र सदस्यता दिने लिने ।
३ड) नाप नक्सा तथा भू–सूचना सम्वन्धी छोटो अवधिको बिभिन्न तालिमहरू संचालन गर्ने गराउने ।
३ढ) नाप नक्साको प्रकृति अनुसारको बिभिन्न तहको काम गर्ने नापी पेशाकर्मीहरूलाई कामको प्रकृति अनुरुप काम गर्ने अनुमति–पत्र दिलाउने काममा नापी बिभागलाई सघाउने ।
३ण) नाप नक्साको प्रकृति अनुसारको बिभिन्न तहको काम गर्ने नापी पेशाकर्मीहरूलाई कामको प्रकृति अनुरुप सिफारिसपत्र दिई नापीकर्ताहरूको संलग्नता बढाउन सहयोग गर्ने ।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरूः
यस संस्थाद्वारा उपरोक्त उद्देश्यहरू प्राप्त गर्न देहायका कार्यहरू गरिनेछ ।
क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित
निकायवाट अनुमति वा इजाजत प्राप्त गरि आफ्ना उद्देश्यहरू कार्यान्वयन गर्ने ।
ख) संस्थालाई आवश्यक पर्ने जग्गा, जमिन उपलब्ध गर्ने, भबन निर्माण गर्ने वा भाडामा लिने र कम्प्यूटर, टेलिफोन, टाइपराईटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गरी वा भाडामा लिई प्रयोग गर्ने ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा सर्तहरु निर्धारण गर्ने ।
घ) जग्गा, जमिन, घर लिजमा लिई वा खरीद गरी कार्यालयको व्यवस्था गर्ने ।
ङ) संस्थाको लागि आवश्यक उपयुक्त यन्त्र, उपकरण गरिद वा अन्य प्रकारबाट उपलब्ध गर्ने ।
३च) नाप नक्सा तथा भू–सूचना सम्वन्धी छोटो अवधिको बिभिन्न तालिमहरू संचालन गर्ने गराउने र सो को प्रमाणपत्र दिने
३छ) नाप नक्साको प्रकृति अनुसारको बिभिन्न तहको काम गर्ने नापी पेशाकर्मीहरूलाई कामको प्रकृति अनुरुप काम गर्ने अनुमति–पत्र दिलाउने काममा नापी बिभागलाई सघाउन आवश्यक सुझावकासाथ अनुरोध गर्ने ।
३ज) नाप नक्साको प्रकृति अनुसारको बिभिन्न तहको काम गर्ने नापी पेशाकर्मीहरूलाई कामको प्रकृति अनुरुप योग्यता, अनुभव र तोकिएको प्रकृया अनुरुप परिक्षणको आधारमा सिफारिसपत्र उपलब्ध गराउने ।

परिच्छेद ३ – सदस्यता सम्बन्धी

६. सदस्यहरूको वर्गिकरणः
यस संस्थाका देहाय बमोजिम ८ प्रकारका सदस्यहरूको वर्गिकरण गरिएको छ
(क) साधारण सदस्यः
यस बिधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रहि आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरू साधारण सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्यहरूः
यस संस्था दर्ता हुँदाको बखतका सम्पूर्ण सदस्यहरु संस्थापक सदस्य हुनेछन् ।

 

(ग) सह–सदस्यः
प्रचलित कानुन अनुसार चार्टर्ड सर्भेयरको शैक्षिक योग्यता पूरा गरेको तर अनुमतिपत्र (लाइसेन्स) लिइनसकेको व्यक्ति सहसदस्य बन्न सक्नेछ । यस्ता सदस्यको मताधिकार रहने छैन ।
(घ) आजीबन सदस्यः
संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने व्यक्तिहरूलाई तोकिएको प्रकृया अन्तर्गत आजिबन सदस्यता प्रदान गरिने छ ।
(ङ) मानार्थ सदस्यः
उपयुक्त ठहर गरेको विशिष्ट नाप नक्सा सम्बन्धी अनुभवी, समाजसेवी तथा प्रतिष्ठित नेपाली तथा गैर नेपाली नागरिकलाई पनि संस्थाको मानार्थ सदस्य प्रदान गर्न सकिनेछ तर मानार्थ सदस्यहरूको मताधिकार रहने छैन ।
(च) पदेन सदस्यः
संस्थासँग प्रत्यक्ष सम्बन्ध रहने सरकारी कार्यालय, विभाग, तथा निकायको व्यक्तिलाई संस्थाको निर्णय अनुसार पदेन सदस्यता दिन सकिनेछ । यस्ता सदस्यहरुको मतदान र उम्मेदवारीको अधिकार रहने छैन ।
(छ) विद्यार्थी सदस्यः
यस.एल.सी. वा सो सरह उतीर्ण गरि कम्तिमा एक वर्ष अवधिको नाप, नक्सा सम्बन्धी पाठ्यक्रममा अध्ययनरत व्यक्तिहरुलाई विद्यार्थी सदस्यता उपलब्ध गराइनेछ । यस्ता सदस्यको मताधिकार रहने छैन ।
(ज) संस्थागत सदस्यः
नाप नक्सासँग सम्बन्धित संघ संस्थाहरुलाई तोकिएको प्रक्रिया पुरा गरी संस्थागत सदस्यता दिन सकिनेछ ।

 

७. सदस्यता प्राप्तीको लागि आवश्यक योग्यताः
यस संस्थाको सदस्यको लागिःदेहाए बमोजिमको योग्यता पुगेको हुनु पर्ने छ ।
क) १८ वर्ष उमेर पुरा गरेको नेपाली नागरिक भएको ।
(ख) मानसिक सन्तुलन नगुमाएको ।
(ग) सार्वजनिक सम्पत्ती हिनामिना गरेको नठहरेको ।
(घ) नाप नक्सा सम्वन्धी जग्गा नांप जांच नियमावली २०५८ को दफा २८ वमोजिमको योग्यता पुगी अनुमतीपत्र पाएको।
(ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारको संजाय नपाएको ।

८. संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन नसक्ने अवस्थाः
देहाएको अवस्थामा कुनै ब्यक्ति संस्थाको सदस्य रहने छैन ।
१ १८ वर्ष उमेर पुरा नगरेको ।
२ मगज बिग्रेको वा बौलाएको ।
३. सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको ।
४. नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय पाएको ।
५. नाप नक्सा सम्बन्धी चार्टर्ड सर्भेयरको प्रमाणपत्र नपाएको ।
६. भ्रष्टाचार गरेको अभियोगमा अदालतवाट कसुरदार ठहरी सजाय पाएको ।
७. नाप नक्सा अनुमती पत्रको दुरुपयोग सम्बन्धी कार्वाहीमा कसुरदार ठहरिएको ।
३८. नाप नक्सा सम्वन्धी चार्टर्ड सर्भेयरको प्रमाणत्रप पाई इन्स्टिच्युसनको आजीवन सदस्यता लिइसकेकाको हकमा उपदफा ५ को ब्यवस्था लागु हुने छैन ।

९. सदस्यताको समाप्तिः
क. देहायको अवस्थामा कुनै व्यक्ति संस्थामा बहाल रहने छैन।
(१) यस बिधानको दफा ८ बमोजिम सदस्य पद रहन नसक्ने भएमा ।
(२) साधारण सभाको ७५ प्रतिशत सदस्यहरूको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
(३) सदस्यले आफ्नो सदस्यताबाट दिएको राजिनामा स्वीकृत भएमा ।
(४) संस्थाको काम कारवाहिमा बेईमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
(५) यस बिधान बमोजिम संस्थाले गर्न नहुने, भनी तोकिएको कुनै कार्य गरेमा ।
(६) तोकिएको अवधिसम्म सदस्यता शुल्क बुझाउन बाँकि रहेमा ।
(७) संस्था बिघटन भई खारेज भएमा ।
ख. कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अधि संस्थाले निजलाई
सो कुराको सूचना दिई, सफाईको सबुद पेश गर्ने मौका दिइने छ ।

 

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने बिधिः

यस बिधानको दफा ६ बमोजिमको सदस्यहरूले तोकिएको प्रक्रिया पुरा गर्नुका साथै देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी, सदस्यता प्राप्त गर्न सक्नेछन् ।
(क) साधारण सदस्यः
(१) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिलाई प्रवेश शुल्क बापत रू. ५००।– र बार्षिक शुल्क बापत रू १०००।– सहित तोकिएको प्रक्रिया पुरा गरेपछि पदाधिकारीहरूको सिफारिसमा कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिने छ ।
(२) त्यस्ता साधारण सदस्यले बार्षिक नबिकरण शुल्क रू. १०००।– बुझाउनु पर्नेछ ।
(३) बार्षिक शुल्कको अवधि प्रत्येक वर्षको अषाढ मसान्तसम्म रहनेछ र कार्तिक मसान्तसम्म नविकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नविकरण गर्न सकिने छ ।
(ख) संस्थापक सदस्यः
यो संस्था दर्ता हुँदाको बखतका सम्पूर्ण सदस्यहरु संस्थापक सदस्य हुने छन् र यस्तो सदस्यताको लागि साधारण सदस्यको लागि तोकिएको शुल्क नै लागु हुने छ ।
(ग) आजीबन सदस्यः
संस्थामा एकमुष्ट रु. १०,०००।– बुझाई तोकिएको प्रक्रिया अन्तर्गत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजिवन सदस्यता प्रदान गर्न सकिने छ ।
(घ) मानार्थ सदस्यः
साधारण सभाको निर्णयले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी प्रतिष्ठित वा नाप नक्सा सम्बन्धी दक्ष नेपाली तथा गैर नेपाली नागरिकहरूलाई संस्थाको निर्णयद्वारा संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ तर मानार्थ सदस्यहरूको मताधिकार रहनेछैन ।
ङ) सह–सदस्यः

सहसदस्यता प्राप्त गर्न चाहने व्यक्तिका लागि प्रवेश शुल्क रु. २००।– र बार्षिक शुल्क रु. ३००।– लाग्ने छ ।

च) विद्यार्थी सदस्यः

यस्तो सदस्यताको लागि प्रवेश शुल्क रु ५०।– र बार्षिक शुल्क रु. १००।– लाग्नेछ ।
छ) संस्थागत सदस्यः

यस प्रकारको सदस्यता प्राप्त गर्न कुनै पनि नापनक्सा सँग सम्बन्धित संघसंस्थाका लागि प्रवेश शुल्क रु ५०००।– र वार्षिक शुल्क रु ५०००।– लाग्नेछ ।
ज) कुनै आवेदकलाई सदस्यता नदिने निर्णय गरिएमा सो को जानकारी आवेदकलाई दिइने छ ।
झ) सबै सदस्यहरूले यस बिधान र बिधान अन्तरगत बनेको नियम र विनिमय बमोजिम भएको व्यवस्थाको पालना गर्नु पर्ने छ ।

परिच्छेद ४ – साधारण सभा, कार्य समिति तथा बैठक सम्बन्धी ब्यवस्था

११. साधारण सभाको गठनः
(क) यस संस्थाको बिधानको दफा ६ अनुसार सदस्यता प्राप्त गर्ने उपदफा क, ख, ग बमोजिमका सदस्यहरूबाट संस्थाको साधारण सभा गठन हुनेछ । मानार्थ सदस्यहरू
आमन्त्रित हुने छन् । सह सदस्य, विद्यार्थी सदस्य र संस्थागत सदस्यहरुलाई पर्यवेक्षक सदस्यका रुपमा सहभागिता गराइनेछ । साधारण सभा संस्थाको सर्वोच्च अंग हुनेछ ।
(ख) यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ ।
(१) बार्षिक साधारण सभा – बर्षको एक पटक बार्षिक साधारण सभा बस्ने छ ।
(२) विशेष साधारण सभा – संस्थाको कूल सदस्य संख्याको एक चौथाई सदस्यहरूले कारण जनाई बिशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा, कार्य समितिले कम्तिमा ७ (सात) दिन भित्र अनिबार्य रूपमा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको छ महिना भित्र पूनः विशेष साधारण सभा बस्न सक्ने छैन ।
(ग) यस संस्थाको प्रथम बार्षिक साधारण सभा संस्था स्थापना भएको
आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्रमा गरिने
छ र त्यसपछिका बार्षिक साधारण सभाहरू आर्थिक वर्ष समाप्त
भएको मितिले ३ (तीन) महिना भित्र गरिने छ ।
(घ) यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र बिशेष साधारण सभा गर्नका लागि कम्तिमा ७ (सात) दिन अगावै सभा हुने मिति, समय, स्थान र छलफलका विषयहरू समेत खोली सबै साधारण सदस्यहरूलाई अनिवार्य रूपले सूचना दिइनेछ ।
(ङ) उप दफा (घ) बमोजिम बोलाइएको साधारण सभा वा बिशेष साधारण सभामा बिधानको दफा १८ बमोजिमको गणपूरक संख्या नपुगि सभा हुन नसकेमा कम्तिमा ७ (सात) दिनको म्याद दिई पूनः साधारण सभा बोलाइने छ । यसरी बोलाइएको सभाका लागि तोकिएको गणपुरक संख्या नपुगेमा तेश्रोपटकको लागि उपस्थितिको संख्यालाई नै गणपुरक संख्या मानिने छ ।
(च) साधारण सभा र बिशेष साधारण सभाको छुट्टै निर्णय पुस्तिका राखिने छ ।

१२. साधारण सभाको काम, कर्तव्य र अधिकारः
साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) कार्य समितिले पेश गरेको योजना कार्यक्रमहरू र वार्षिक वजेट पारित गर्ने ।
(ख) लेखा परिक्षकबाट प्राप्त भएको बार्षिक लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरूजु रकमहरू असुल उपर गरी फछ्र्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
(ग) आगामी बर्षको लागि लेखा परिक्षकको नियुक्ति गर्ने ।
(घ) संस्थाको बार्षिक कार्य प्रगति विवरण र संस्थाले गरेको कार्यहरूको मूल्यांकन गरी कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।
(ङ) संस्थाको कार्यसमितिका पदाधिकारीहरूको पदावधि पुगेको अबस्थामा कार्य समितिमा पदाधिकारीहरूको बिधान बमोजिमको प्रक्रिया अन्तर्गत रही निर्वाचन गर्ने।
च) कार्य समितिद्वारा पेश भएका विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने ।
छ) मानार्थ सदस्यता प्रदान गर्ने ।
ज) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको औचित्य हेरी अनुमोदन गर्ने ।
झ) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको दरबन्दी, पारिश्रमिक भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृति प्रदान गर्ने ।

१३. कार्य समितिको गठनः
(क) साधारण सभाका सदस्यहरूवाट निर्वाचित देहाय बमोजिम पदाधिकारिहरू रहने गरी एक कार्य समिति गठन गरिनेछ।
(१) अध्यक्ष १
(२) उपाध्यक्ष १
(३) महासचिव १
(४) सचिव १
(५) कोषाध्यक्ष १
(६) सदस्यहरू २
जम्माः ७
कार्य समितिले थप २ जना सदस्य मनोनित गर्न सक्नेछ ।
(ख) कार्य समितिको कार्यकाल २ (दुई) वर्षको हुने छ ।
(ग) बार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्य समितिमा रहेको कुनै पदाधिकारीको पद रिक्त हुन आएमा बांकी अवधिका लागि कार्य समितिद्वारा रिक्त पदका लागि मनोनयन गर्न सकिने छ । यसरी सो पदमा निर्बाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्यको बाँकि कार्यकाल सम्मका लागि मात्र हुने छ तर अन्य पदहरूको लागि बिधान बमोजिम बांकी अवधिको निमित्त निर्वाचन प्रकृयाद्वारा पदपूर्ति गरिनेछ । अध्यक्ष पदमा एकै व्यक्ति लगातार २ पटक भन्दा बढी कार्यकालको लागि उम्मेदवार हुन पाउने छैन ।
(घ) कार्यसमितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्यसमितिका पदाधिकारीहरूको जम्मा संख्याको ५१ प्रतिशत ले बैठक बोलाउन माग गरेमा अध्यक्षले कार्यसमितिको बैठक तुरून्त बोलाउनु पर्ने छ ।
(ङ) कार्यसमितिका पदाधिकारीहरूको कूल संख्याको ५१ प्रतिशत पदाधिकारीहरू उपस्थित नभई, कार्य समितिको बैठक बस्ने छैन ।
(च) कार्य समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्ने छ र निजको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा उपस्थित भएका अन्य बैठकमा उपस्थित सदस्यहरुले छानेको वा जेष्ठ सदस्यले अध्यक्षता गर्ने छ ।
(छ) कार्यसमितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत वराबर भएमा बैठकका अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(ज) कार्यसमितिको बैठकमा छलफल भएको बिषयहरु छुट्टै निर्णय कितावमा लेखि राखिने छ र सोको निर्णय विबरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सहि गर्नु पर्नेछ तर निर्णयमा असहमत जनाउनेहरुले कैफियत खोली सहि गर्नु पर्नेछ ।
(झ) संस्थाले गर्ने भनेको सम्पूर्ण कार्य कार्यसमितिको निर्णयबाट हुनेछ ।
(ञ) माथिका दफाहरुमा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यसमितिले गर्न पाउने कुनै कार्यको सम्वन्धमा कार्यसमितिका सवै पदाधिकारीहरु लिखत रूपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ । उपरोक्त बमोनिमको सहमतिलाई कार्यसमितिको बैठकको निर्णय सरह मानिनेछ ।

१४. कार्यसमितिको काम, कर्तव्य र अधिकारः
कार्य समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
क) संस्थाको आगामी वर्षको कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।
ख) विधान बमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
ग) संस्थाको हितमा हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।
घ) साधारण सभा प्रति उत्तरदायी रहने ।
ङ) संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र श्रोतको अधिकतम उपयोग गर्ने ।
च) संस्थाको कोष र सम्पति सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली कोष संचालन गर्ने ।
छ) संस्थाको कर्मचाारीहरुको सेवा, शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभाबाट स्वीकृत गराई लागु गर्ने गराउने ।
ज) संस्थाको उद्देश्य परिपूर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरुको सल्लाहकार समिति वा अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरुप कार्यको बाँडफाँड गरी दिने ।
झ) संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
ञ) संस्थाको कार्यसम्पादन गर्न कार्ययोजना बनाउने, श्रोत जुटाउने, कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन गर्ने ।

१५. पद त्याग गर्न सक्नेः
अध्यक्षले उपाध्यक्ष मार्फत् कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्ने छन् ।

१६. अन्य समितिहरूः
क) यस विधानको परिधि भित्र रहेर संस्थाको कार्य संञ्चालनको लागि कार्य समितिले आवश्यकता अनुसार अन्य समिति वा उप समितिहरू गठन गर्न सक्ने छ तर साधारण सभाको बैठकद्वारा अनुमोदन गराउनु पर्ने छ ।
ख) उप समितिहरूको कार्यहरू कार्य समितिले तोकीदिए बमोजिम हुने छ ।

 

परिच्छेद ५ – पदाधिकारीहरूको काम कर्तव्य र अधिकार

१७. पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारः
कार्य समितिका पदाधिकारीहरूको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ।

क. अध्यक्षको काम कर्तव्य र अधिकारः
(१) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
(२) निर्णायक मत दिने ।
(३) संस्थाको तर्पmबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
(४) संस्थाको नेतृत्व लिने ।
(५) आबश्यकता अनुसार बैठकहरु बोलाउन महासचिबलाई निर्देशन दिने ।
(६) अन्य पदाधिकारी एवं सदस्यहरूलाई कामको बाँडफाँड गर्ने।
(७) अभिलेख प्रमाणित गर्ने ।

ख. उपाध्यक्षको काम कर्तव्य र अधिकारः
१) अध्यक्षलाई सहयोग गर्ने ।
(२) अध्यक्षले दिएको जिम्मेवारी पुरा गर्ने ।
(३) अध्यक्षको अनुपस्थितमा निजको कार्य गर्ने ।

ग. महासचिवको काम कर्तव्य र अधिकारः
(१) संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(२) अध्यक्षको निर्देशन अनुशार बैठक र सभा बोलाउने ।
(३) अभिलेख सुरक्षित राख्ने ।
(४) अध्यक्षले दिएको अन्य जिम्मेबारी पुरा गर्ने ।
घ. सचिवको काम, कर्तव्य र अधिकारः
१) संस्थाको कार्यसम्पादनमा कार्य समितिबाट तोकिएको र अध्यक्ष तथा महासचिवबाट सुम्पिएको जिम्मेवारी सक्रिय रुपले बहन गर्ने ।
२) महासचिवको अनुपस्थितीमा निजको कार्यभार सम्हाल्ने ।
३) संस्थाको सचिव भई तोकिए बमोजिम अन्य कार्य गर्ने ।
ङ. कोषाध्यक्षको काम कर्तव्य र अधिकारः
१) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
२) साधारण सभामा बार्षिक कार्यक्रम र बजेट पेस गर्ने ।
३) लेखा दुरुस्त राख्ने ।
४) नियमित रुपमा बार्षिक लेखापरीक्षण गराउने ।

च. सदस्यहरूको काम कर्तव्य र अधिकारः
१) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
२) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।
(३) उपयुक्त राय सुझाव प्रस्तुत गर्ने ।

१८. गणपुरक संख्याः
क) कुल सदस्य संख्याको ६० (साठी) प्रतिशत साधारण सदस्यहरूको उपस्थिती नभै साधारण सभाको काम कारवाही हुने छैन ।
ख) तर बिधानको दफा ११ को (५) मा उल्लेख भए बमोजिम, दोश्रोपटक बोलाइएको साधारण सभामा कुल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

परिच्छेद ६ – आर्थिक व्यबस्था

 

१९. संस्थाको कोषः
(क) संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरू जम्मा हुनेछन् ।
१) सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
२) कसैले स्वेच्छाले दिएको अनुदान, सहायता वापत प्राप्त रकम ।
३) संस्थाको चल अचल सम्पत्ति वा अन्य वस्तुको विक्रिबाट प्राप्त रकम ।
४) विदेशी संस्था व्यक्ति वा अन्र्तराष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
५) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग
वापत प्राप्त रकम ।
६) कोही कसैबाट प्राप्त चलअचल सम्पत्ति ।
७) कोही कसैबाट प्राप्त सहयोग जग्गा, जमिन, नापनक्सा सम्बन्धी यन्त्र, उपकरण, भवन रकम आदि ।
(ख) विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान प्राप्त हुने भएमा संस्थाले नेपाल सरकारबाट नियमानुसार स्वीकृती लिई कोषको खातामा व्यवस्थित गरिनेछ ।
(ग) संस्थामा प्राप्त रकम स्थानीय बैंकमा जम्मा गरी खाता संचालन गरिनेछ ।

२०. खाता संचालनः
संस्थाको बैंक खाता अध्यक्ष, उपाध्यक्ष र महा–सचिव मध्ये एक र कोषाध्यक्षको (अनिवार्य) सयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरिने छ ।

 

२१. कोषको रकम खर्च गर्ने तरिकाः
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिने छ ।
(क) संस्थाको बार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिने छैन ।
ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नुपर्नेछ ।

२२. संस्थाको लेखा र लेखा परिक्षणः
(क) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिने छ ।
(ख) संस्थाको लेखा परीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।
ग) नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुन सुकै बखतमा पनि आपैm वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाब किताब जाँच गर्न गराउन सक्नेछ ।
घ) लेखा परिक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ । तर प्रथम बार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
ङ) संस्थाको लेखा परीक्षण प्रतिवेदन र बार्षिक कार्य प्रगति विवरणको १÷१ प्रति स्थानीय अधिकारी, जि.वि.स., समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिने छ ।

 

परिच्छेद ७ – निर्वाचन, अविश्वासको प्रस्ताव, बिधान संशोधन संम्बन्धी व्यवस्था

२३. निर्वाचन सम्वन्धी व्यवस्थाः
(क) कार्यसमितिको निर्वाचन प्रयोजनका लागि बढीमा ३ जना सम्मको एक निर्वाचन समिति सहमतिद्वारा गठन गरिनेछ ।
(ख) निर्वाचन समितिले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन कार्यविधि आपैm व्यवस्थित गर्नेछ ।
(ग) निर्वाचन सम्बन्धि बिवाद उत्पन्न भएमा बिवादको टुङ्गो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुने छ ।
(घ) निर्वाचन सम्पन्न भएको भोली पल्ट निर्वाचन समितिको स्वतः बिघटन हुने छ ।

२४. उम्मेदवार हुने योग्यताः
कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता
पुगेको हुनु पर्नेछ र तिन्मा कुनै त्रुटि भेटिएमा उम्मेदवारी रद्द गरिनेछ ।

क) संस्थाको सदस्यता लिएको र एक कार्यकाल कुनै समिति वा उपसमितिमा रहि कार्य गरेको ।
ख) समयमा सदस्यता नविकरण गराएको र प्रस्तावक एवं समर्थक प्राप्त ।
ग) नैतिक पतन नभएको र भ्रष्टाचारमा मुद्दा नलागेको ।
घ) निर्वाचन समितिमा नरहेको ।

२५. अविश्वासको प्रस्तावः
क. अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रित पु¥याई संस्था दर्ता गर्नुपर्ने छ ।
१) नेपाली भाषामा शिष्ट शब्दको प्रयेग गरी लेखिएको हुनुपर्छ।
२) प्रस्तावको विषयमा स्पष्ट र व्यवहारिक हुनुपर्छ ।
३) साधारण सभा सदस्यहरुमध्ये बाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको स्पट नाम, थर र ठेगाना सहित खुलाई सहि भएको हुनुपर्छ ।
ख. उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा बस्ने स्थान, मिति, समय समेत तोकि संस्थाको सधारण सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा ११ (४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा बस्ने सूचना दिइने छ ।

ग. अविश्वासको प्रस्ताव माथी छलफलको प्रक्रियाः
१) साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उप–दफा १ बमोजिम प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारण सहितको आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्ने छ ।
२) उप–दफा ३ (क) बमोजिम अविश्वासको प्रस्ताव, पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तिन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
३) उप–दफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिइने छ ।

घ. अविश्वासको प्रस्ताव माथि निर्णयः
१. अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भए पछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णयको घोषणा गर्ने छ ।
— अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूहमा छुट्याएर वा
— साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा गोप्य मतदान गराएर
२. साधारण सभाको कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) बहुमतले
अविश्वासको प्रस्ताव पारित हुनेछ ।
३ .निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६
महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन
पाइने छैन ।

२६. विधान संसोधनः
कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) साधारण सभा सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजको लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्ने छ । स्थानिय अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिने छ ।

२७. नियम बनाउन सक्नेः
(क) संस्थाले आफ्नो कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्ने छ र सो नियम सधारण सभावाट पारित गराई लागु हुनेछ र स्थानीय अधिकारीलाई सो को जानकारी दिनु पर्नेछ ।
(ख) यो विधान र विधान अन्र्तगत बनेका नियमको अधिनमा रहि संस्थाको कार्य संञ्चालन र उद्देश्य कार्यन्ययनका
लागी कार्यसमितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी बिनियम बनाई लागु गर्न सक्ने छ । त्यस्तो विनियमहरू साधारण सभावाट अनुमोदन गराउनु पर्ने छ ।
२८. कर्मचारीको व्यवस्थाः
(क) संस्थाको दैनिक कार्य संञ्चालन र योजना तथा कार्यक्रम संञ्चालनको लागी कर्मचारी दरबन्दी श्रृजना, पारिश्रमिक, भत्ता तथा अन्य सुबिधा र कर्मचारीको सेवा शर्तहरू अपनाउनु पर्ने कार्यबिधि तोकिए बमोजिम हुनेछ ।
(ख) संस्थाले बिदेशी सहयोग प्राप्त गरी संस्थाको संञ्चालन गर्न विदेशी सल्लाहाकार वा स्वंयम् सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि, पु¥याउने सेवा, कामको औचित्य, सुबिधा र तिनको योग्यता समेतको बिवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषदमा समेत जानकारी गराइने छ ।

 

२९. संस्था खारेजीः
(क) साधाराण सभाले आवश्यक देखेमा बिशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
(ख) उपदफा (क) बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लेखा परिक्षकहरू नियुक्त गर्न सक्नेछ ।
(ग) उपदफा (ख) बमोजिम नियुक्त लिक्वीडेटर र लेखा परिक्षकहरूको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
(घ) यसरी कारणवस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने सम्पूर्ण जाय जेथा नेपाल सरकारको हुनेछ ।

३०. व्याख्याः
यो विधान र बिधान अन्तरगत बनेको नियम बिनियमको ब्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।

३१. गोप्यता भंग गर्न नहुनेः
यस संस्थाको कुनैपनि पदाधिकारी वा सदस्यले संस्थाको गोपनीयता सुरक्षित राख्नुका साथै संस्थाको अहित हुने कार्य गर्नु हुँदैन । कार्य समितिका पदाधिकारी वा साधाराण सभाका सदस्यहरूले बैठक वा साधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन ।
३२. ऐन अनुसार हुनेः
यस विधानमा उल्लेख नभएका कुराहरू कानुन बमोजिम हुनेछ र संस्था दर्ता ऐन नियम, र प्रचलित कानुन संग बाझिन गएमा बाझिएको हद सम्म स्वतः निष्कृय हुनेछन् ।

 

३३. निर्देशनको पालनाः
नेपाल सरकार वा स्थानिय अधिकारीले समय, समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
३४. तदर्थ समितिः
क) यो संस्थाको स्थापनाको सिलसिलामा २७ जना अनुमतिपत्र प्राप्त नापीकर्ता संस्थापक सदस्यको रुपमा भेला भई संस्था स्थापनाका लागि एक तदर्थ समिति गठन गरिएको छ । संस्थापक सदस्यहरुको सूची अनुसूची २ र तदर्थ समितिका पदाधिकारीहरुको सूची अनुसूची ३ मा छ ।
ख) यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्यसमितिको निर्वाचन गराउने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिइने छ ।
ग) प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा यस कार्यसमितिले गरेको काम कारबाहीहरू यसै बिधान सरह भए गरिएको मानिने छ ।

अनुसूची – १

यस संस्थाको छाप र प्रतीक चिन्ह ९ीयनय० निम्न बमोजिम हुनेछ ।

यस संस्थाको लोगो र छापमा माथि पट्टि गोलाकारमा संस्थाको नाम र तल स्थापना साल सहित बिचमा लघु आकारमा नेपालको नक्साको पृष्ठभूमिमा नापीको काममा प्रयोग गरिने आधारभूत उपकरण यन्त्र जडित त्रिखुट्टीको आकृति देखाइएको हुनेछ । यस्तो लोगो र छाप नेपाली तथा अंगे्रजी दुवै भाषामा प्रयोग गरिनेछ ।

        

अनुसूची — २

संस्थापक सदस्यहरुको नामावली

१.

श्री बृद्धिनारायण श्रेष्ठ

२.

श्री पुण्यप्रसाद ओली

३.

श्री तिर्थबहादुर प्रधानाङ्ग

४.

श्री चन्द्रकान्त आचार्य

५.

श्री राजेन्द्रप्रसाद मराठा

६.

श्री दुर्गादास जोशी

७.

श्री विद्यानारायणबहादुर श्रेष्ठ

८.

श्री महेन्द्रप्रसाद सिग्देल

९.

श्री अग्निधर शर्मा

१०.

श्री महेश्वर भट्टराई

११.

श्री जगतराज पौडेल

१२.

श्री नागेन्द्र झा

१३.

श्री निरज मानन्धर

१४.

श्री भारतप्रसाद महाजु

१५.

श्री उज्वलचन्द्र गौतम

१६.

श्री पद्मराज लामिछाने

१७.

श्री पदमलाल पौडेल

१८.

श्री शरदचन्द्र दवाडी

१९.

श्री गंगाबहादुर श्रेष्ठ

२०.

श्री बलबहादुर भण्डारी

२१.

श्री सुदर्शन कार्की

२२.

श्री सुशिलनर्सिंह राजभण्डारी

२३.

श्री निर्मलकुमार आचार्य

२४.

श्री विजुनन्द बज्राचार्य

२५.

श्री सागरप्रसाद कायस्थ

२६.

श्री शंभु ज्ञवाली

२७.

श्री रामनरेश साह

अनुसूची — ३

तदर्थ समितिका पदाधिकारीहरु

१. श्री बृद्धिनारायण श्रेष्ठ अध्यक्ष

२.

श्री पुण्यप्रसाद ओली, उपाध्यक्ष

३.

श्री महेन्द्रप्रसाद सिग्देल, महासचिव

४.

श्री राजेन्द्रप्रसाद मराठा, कोषाध्यक्ष

५.

श्री नागेन्द्र झा, सदस्य

६.

डा. श्री पद्मराज लामिछाने, सदस्य

७.

श्री सुदर्शन कार्की, सदस्य

३५. हामी “नेपाल इष्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स” को तदर्थ समितका निम्न पदाधिकारीहरु यस बिधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछौ ।

तदर्थ समितिका पदाधिकारीको नाम, थर र ठेगाना

साक्षीको नाम, थर, ठेगाना र सहिछाप

नाम, थर – श्री बुद्धिनारायण श्रेष्ठ
ठेगानाः का.म.न.पा.
नगरपालिका, – काठमाडौं
वडा नं – ३२, घट्टेकुलोमार्ग

नाम, थर – श्री जगतराज पौडेल
ठेगाना, जिल्ला – काठमाडौं
नगरपालिका, गा.बि.स – का.म.न.पा.
वडा नं – ३५, कोटेश्वर

नाम, थर – श्री पुण्य प्रसाद ओली
ठेगानाः जिल्लाः काठमाडौं
नगरपालिका, का.म.न.पा.
वडा नं – ४, हाँडिगाउँ

नाम, थर – श्री महेश्वर भट्टराई
ठेगाना, जिल्ला – काठमाडौं
नगरपालिका, गा.बि.स – का.म.पा.
वडा नं – ३४, मध्य बानेश्वर मार्ग

नाम, थर – श्री महेन्द्र प्रसाद सिग्देल
ठेगाना, जिल्ला – कास्की
नगरपालिका, गा.बि.स – पोखरा उपमहानगर
वडा नं – १३,

नाम, थर – श्री उमेश कुमार जोशी
ठेगाना, जिल्ला – काठमाडौं
नगरपालिका, गा.बि.स – का.म.न.पा
वडा नं – ९, पिंगलास्थान

नाम, थर – श्री राजेन्द्र प्रसाद मराठा
ठेगाना, जिल्ला – काठमाडौं
नगरपालिका, गा.बि.स – का.म.न.पा.
वडा नं – १०, तिनघुम्तीमार्ग

नाम, थर – श्री जनकराज जोशी
ठेगाना, जिल्ला – कञ्चनपुर
नगरपालिका, गा.बि.स – महेन्द्रनगरपालिका
वडा नं – १३

नाम, थर – श्री नागेन्द्र झा
ठेगाना, जिल्ला – सर्लाही
नगरपालिका, गा.बि.स – बलरा
वडा नं – १

नाम, थर – श्रीराम शर्मा पौडेल
ठेगाना, जिल्ला – पर्वत
नगरपालिका, गा.बि.स – पाङ
वडा नं – २

नाम, थर – डा. पद्मराज लामीछाने
ठेगाना, जिल्ला – काँस्की
नगरपालिका, गा.बि.स – लेखनाथ नगर
वडा नं – ७

नाम, थर – श्री नारायण रेग्मी
ठेगाना, जिल्ला – स्याङजा
न.पा. गा.बि.स – ठूलाडिही
वडा नं – ८

नाम, थर – श्री सुदर्शन कार्की
ठेगाना, जिल्ला – ललितपुर
नगरपालिका, गा.बि.स – सैबु
वडा नं –४

नाम, थर – श्री नाती ब. महर्जन
ठेगाना, जिल्ला – काठमाडौं
न.पा. गा.बि.स – किर्तिपुर
वडा नं – ५

 

३ पहिलो सम्सोधनद्वारा थप गरिएको ।